This website is for orders and deliveries within Nepal. For orders and deliveries outside of Nepal, kindly visit pilgrimsonlineshop.com
  • Gaidalai Char Barsha

Gaidalai Char Barsha

by  KAMAL JUNG KUNWAR ,
ISBN: 9789937214407
Book Name:Gaidalai Char Barsha
Author:KAMAL JUNG KUNWAR ,
Publisher:SAVE THE RHINO FOUNDATION NEPAL
Edition:REPRI
Language:NEPALI
Binding:Paper Back
Publish Year:2023
Total Pages:319
Availablity: Only 1 Left in Stock
NPR 451.00

BOOK SUMMARY

नेपालमा २०५२ देखि चर्केको राजनीतिक द्वन्द्वको मौका छोपेर चितवन राष्ट्रिय निकुञ्जमा २०५८ सालमा एकै वर्ष कम्तिमा पनि ३७ वटा गैँडा चोरी सिकारीबाट मारिएका थिए । २०४७ देखि तीन दशकसम्म वन, वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील कमलजङ्ग कुँवर २०५९ माघदेखि २०६३ जेठसम्म चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सहायक वार्डेन पदमा चार वर्षसम्म कार्यरत रहँदा उनलाई गैँडाको चोरी सिकार नियन्त्रण एकाईको जिम्मेवारी दिइएको थियो । त्यसपछि वर्षैपिच्छे गैँडाको सिकारमा उल्लेख्य कमी आएको थियो । सो अवधिमा उनले गैँडाका चोरी सिकारी, खाग तस्कर, तस्करीतन्त्रलाई पक्षपोषण गर्ने भ्रष्ट कर्मचारीतन्त्र, सुरक्षाकर्मी, न्यायालय र राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता विरुद्ध गरेको सङ्घर्ष समेटिएको यो पुस्तक गैँडा बचाउने संघर्षमा लेखकले के पत्ता लगाए, के गरे, वास्तवमा के भयो र अन्त्यमा गैँडाको “शून्य सिकार वर्ष” मनाउने लक्ष्य कसरी हासिल भयो भन्ने यथार्थ विवरण हो । २०६३ चैत्रदेखि २०६४ भदौ मसान्तसम्म कार्यवाहक प्रमुख वार्डेनको रूपमा कार्यरत रहदा उनको नेतृत्वमा एउटा पनि गैँडाको चोरी सिकार भएन । अन्ततः अटल प्रतिबद्धता, धैर्यता, निरन्तरता र आफ्ना गल्तीहरूबाट पाठ सिकेर उनले शून्य सिकारको सपना पूरा गरे । सन् २०१३ देखि २०१५ सम्म चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा प्रमुख वार्डेन अर्थात् प्रमुख संरक्षण अधिकृतको जिम्मेवारीमा रहदा नेपालले सन् २०१३ र २०१५ मा गैँडाको “शून्य सिकार वर्ष” मनाएको थियो । गैँडा संरक्षणको संघर्षको सफलताको कथा गैँडालाई चार वर्ष उनको पहिलो कृति हो ।

WRITE A REVIEW
Product name: Gaidalai Char Barsha
Your Name:
Review title:
Your Ratings:
Your Message:

 2026 - Pilgrim Book House

Pilgrim Book House payment payment